१० भाद्र २०८३, बुधबार
Follow Us

रसुवा बाढीपीडितलाई सहयोग गर्न एनआरएनएले बोलायो आपत्कालीन बैठक

नेपालब्रिटेन संवाददाता
१० भाद्र २०८३, बुधबार १०:४४


पूर्वनिर्धारित कार्यक्रम स्थगित

लण्डन । रसुवामा आएको बाढीबाट भएको क्षतिपछि आवश्यक सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपत्कालीन बैठक गरिरहेको छ।

संघका अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा हाइब्रिड माध्यमबाट जारी बैठकमा संघका केन्द्रीय पदाधिकारी, राष्ट्रिय समितिका अध्यक्षलगायतको उपस्थिति रहेको छ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष डा. शर्माले बाढीपीडितको उद्धार तथा राहतका लागि आर्थिक तथा भौतिक सहयोग गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। उनले सरकारको नीतिअनुसार एकद्वार प्रणालीमार्फत सहयोग तथा आर्थिक संकलन गर्न अनुरोध गरे।

बैठकले विशेष सहयोगका लागि उच्चस्तरीय समिति, आर्थिक समिति तथा स्वयंसेवक परिचालन समितिलगायतका समिति गठन गर्ने निर्णय गरेको छ।

बैठकमा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, प्रमुख संरक्षक डा. बद्री केसीलगायतको उपस्थिति रहेको छ।

संघले पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरी उद्धार तथा राहत कार्यमा परिचालन हुने जनाएको छ।

धेरै पढिएको