१६ भाद्र २०८३, मंगलवार
Follow Us

नेपालमा जुनसुकै बेला जे पनि हुनसक्ने अमेरिकी चेतावनी

नेपालब्रिटेन संवाददाता
१६ भाद्र २०८३, मंगलवार ०४:२७

काठमाडौ‌ । अमेरिकी बिदेश मन्त्रालयले नेपाल जान लागेका आफ्ना नागरिकलाई भावी खतराबारे सतर्क गराएको छ । कुनै पनि बेला जनता भड्किएर जनस्तरमा अचानक बिद्रोह हुनसक्ने सम्भावना रहेको बताइएको छ ।

विदेश मन्त्रालयले मंगलबार निकालेको ‘ट्राभल एडभाइजरी’मा नेपाललाई २ तहको सतर्कता अपनाउनुपर्ने देशको सूचीमा राखिएको छ।

गत वर्ष भदौबाट उठेको देशव्यापी प्रदर्शन अहिले रोकिए तापनि शहरी क्षेत्रमा प्रदर्शन तथा स्थानीय अशान्ति अचानक भड्किन सक्ने जोखिम जीवितै रहेको अमेरिकी ठहर छ। ‘प्रदर्शनहरू पूर्वसूचनाबिनै उठ्न सक्छन् । र तुरुन्तै हिंसात्मक पनि बन्न सक्छन्,’ चेतावनीमा भनिएको छ।

यात्रुहरूलाई ठूलो भीडभाड र प्रदर्शनबाट टाढा रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्नसमेत भनिएको छ ।

विदेश मन्त्रालयले रसुवाको रसुवागढी-टिमुरे-स्याफ्रुबेँसी क्षेत्र तथा नेपाल-चीन सीमा नाका क्षेत्रमा पाइला नटेक्न पनि सतर्क गराएको छ।

धेरै पढिएको