२२ भाद्र २०८३, सोमबार
Follow Us

साउथहलमा तीज विशेष कार्यक्रम हुने

नेपालब्रिटेन संवाददाता
२१ भाद्र २०८३, आईतवार २२:४८

लण्डन — नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा विश्व हिन्दू महासंघ युकेले ‘तीज विषेश पुजा’ आयोजना गर्ने भएको छ। ‘तीज विशेष कार्यक्रम’ नाम दिइएको उक्त समारोह नेपाली कल्चरल सेन्टर युकेको सहकार्यमा हुन लागिरहेको हो।

आयोजकका अनुसार कार्यक्रम सोमबार, १४ सेप्टेम्बर २०२६ का दिन राम मन्दिर, किंग स्ट्रीट, साउथहल (Shree Ram Mandir, Kidbrooke/Kid Street, Southall) मा सञ्चालन हुनेछ।

नेपाली धर्म, संस्कृति र परम्परामा हरितालिका तीजको विशेष महत्व रहेको छ। तीज पर्व मुख्य रूपमा भगवान शिव र माता पार्वतीको आराधनासँग जोडिएको छ। धार्मिक मान्यता अनुसार माता पार्वतीले भगवान शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गर्नुभएको थियो। सोही समर्पणको स्मरण गर्दै तीजको दिन विशेष व्रत बस्ने गरिन्छ।

अखण्ड सौभाग्य र पारिवारिक समृद्धिस् हिन्दू धर्मशास्त्र अनुसार विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायु, सुस्वास्थ्य र परिवारको समृद्धिको कामना गर्दै यो व्रत बस्छन् भने अविवाहित युवतीहरूले सुयोग्य वरको प्राप्ति तथा सुखद भविष्यका लागि शिव-पार्वतीको पूजा आराधना गर्दछन्।

साउथहलस्थित राम मन्दिरमा आयोजना गरिने यस विशेष समारोहमा हिन्दू धर्म र संस्कृतिका अनुयायीहरू, विशेष गरी बेलायतमा बसोबास गर्ने नेपाली समुदायलाई उपस्थित भई तीजको भक्तिमय माहौलमा सहभागी हुन आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रम सम्बन्धी थप जानकारी ।

गोविन्द नेपालः ०७९४६ ७२६९६४

बालमुकुन्द जोशीः ०७६५० ८६७२६६

श्री बालेश्वरी देवीः ०७८४४ ४६२०३४

धेरै पढिएको