२२ भाद्र २०८३, सोमबार
Follow Us

प्रधानमन्त्री राष्ट्रसंघ महासभामा भाग लिन असोज ६ गते अमेरिका जाने

नेपालब्रिटेन संवाददाता
२२ भाद्र २०८३, सोमबार १०:५६

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ६ गते न्यूयोर्क जाने भएका छन । उनी असोज ९ गते स्वेदश फर्किने तय भएको प्रधानमन्त्रीका सचिवालय स्रोतले जानकारी दिएको छ । उनी त्यहाँ सम्बोधन गर्न छोटो अवधिका लागि मात्र जान लागेका हुन् ।

उनले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरकोबारेमा राष्ट्रसंघको ध्यानाकर्षण समेत गराउने छन ।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जाने तय भएको थियो । तर बाढीपछि प्रधानमन्त्री शाह नै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका हुन् । प्रधानमन्त्रीको भ्रमण प्रतिनिधिमण्डल पनि १० जनासम्मको हुने बताइएको छ ।

धेरै पढिएको