२४ भाद्र २०८३, बुधबार
Follow Us

चर्चित गायकद्वय दुर्गेश थापा र बद्री पंगेनी लन्डनमा

नेपालब्रिटेन संवाददाता
२४ भाद्र २०८३, बुधबार २१:०३

लन्डन । नेपालका चर्चित कलाकारद्वय दुर्गेश थापा र बद्री पंगेनी लन्डन आइपुगेका छन्। बाढी–पहिरो पीडितको सहयोगार्थ रोयल रेजेन्सीमा आगामी शुक्रबार आयोजना हुन लागेको ‘तीज विशेष कार्यक्रम’का लागि उनीहरू बेलायत आएका हुन्।

उनीहरूको स्वागतका लागि मिलानोइर इभेन्ट्सको टोली तथा केही फेसबुके सञ्चारकर्मी विमानस्थल पुगेका थिए।

दुवै कलाकारको उपस्थितिले कार्यक्रमप्रति नेपाली समुदाय तथा दर्शकमा थप उत्साह बढेको आयोजकले जनाएको छ। कार्यक्रममा गायिका समीक्षा अधिकारीको समेत प्रस्तुति रहनेछ।

कार्यक्रमबाट संकलित रकम नेपालमा बाढी–पहिरोबाट प्रभावित पीडितहरूको राहत तथा पुनर्स्थापनामा खर्च गरिने आयोजकले जनाएको छ।

फोटो – शीव भण्डारी

धेरै पढिएको