१ आश्विन २०८३, बिहीबार
Follow Us

लोकप्रिय गायक रामकृष्ण ढकाल बेलायत आउँदै

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०८३, बुधबार ०४:२१

लन्डन । लोकप्रिय गायक रामकृष्ण ढकाल बेलायत आउने भएका छन्। उनी शुक्रबार स्विन्डनमा आयोजना हुने विशेष सांगीतिक कार्यक्रममा सहभागी हुन बेलायत आउन लागेका हुन्।

गायक ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू बेलायत आउन लागेको जानकारी दिएका छन्। उनले आगामी सेप्टेम्बर १८ मा स्विन्डनलगायत बेलायतका विभिन्न शहरमा आयोजना हुने विशेष सांगीतिक कार्यक्रममा सहभागी हुने बताएका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, “सांगीतिक कार्यक्रमका लागि उड्दैछु! ❤️ आगामी September 18, Swindon लगायत त्यहाँको अन्य शहरहरुमा हुने विशेष सांगीतिक कार्यक्रममा यहाँहरुसंग भेट्न निकै उत्साहित छु। 🎶🙏 माया र संगीतसँगै भेटौँला Swindon!”

ढकालका बेलायतमा रहेका नेपाली संगीतप्रेमी दर्शकसँग प्रत्यक्ष भेटघाट तथा सांगीतिक प्रस्तुति रहने कार्यक्रमप्रति नेपाली समुदायमा उत्साह देखिएको छ।

धेरै पढिएको