२८ आश्विन २०८३, बुधबार
Follow Us

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०८३, बुधबार १०:०३

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा गएराति विद्युत् सर्ट भएर आगलागी भएको छ । आगलागीबाट मुद्दा फाँटमा रहेको टेबल, कुर्सी र तीन वटा कम्प्युटरमा क्षति पुगेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन ।

‘गएरातिको समयमा विद्युत् सर्ट भएर आगलागी भए पनि महत्वपूर्ण मिसिल फाइल सुरक्षित रहेको छ,’ प्रवक्ता कोइरालाले भने, ‘ढोका बन्द गरेको अवस्थामा आगलागी भएकाले विद्युत् सर्ट भएको कुरा कार्यालय खोलेपछि मात्रै जानकारी भयो ।’

२०८२ भदौ २४ गतेको आगजनीपछि सर्वोच्च अदालतले एनेक्स भवन र निर्माणाधीन नयाँ भवनबाट आफ्नो काम सञ्चालन गरिरहेको छ । अहिले निर्माणाधीन भवनको एउटा भागमा इजलास र प्रशासन सरेको छ ।

धेरै पढिएको