७ आश्विन २०८३, बुधबार
Follow Us

एमाले बैठकमा सदस्यहरूले धारणा राखिसकेपछि सचिवालय बैठक बस्ने

नेपालब्रिटेन संवाददाता
७ आश्विन २०८३, बुधबार ०६:१४

काठमाडौं, ७ असोज । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार मङ्गलबारसम्म १ सय १८ जना केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत प्रतिवेदनमाथि आफ्नो विचार राखिसकेका छन्। आज बाँकी सदस्यहरूलाई बोल्नका लागि प्रतिव्यक्ति तीन मिनेटको समय उपलब्ध गराइएको छ।

बैठकमा मुख्यगरी नौ वटा एजेन्डामा केन्द्रित रहेर छलफल भइरहेको छ। जसमा केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन लगायतका महत्त्वपूर्ण विषयहरू समावेश छन्।

प्रचार प्रमुख आचार्यका अनुसार आज अबेरसम्म सबै केन्द्रीय सदस्यको धारणा लिने काम सम्पन्न भएपछि भोलि पार्टी सचिवालयको बैठक बस्ने तयारी गरिएको छ। सचिवालयले गर्ने महत्त्वपूर्ण निर्णयहरूलाई पुनः केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरी अनुमोदन गराइनेछ।

पार्टीभित्र केही मतभेदका बिच सुरु भएको भए पनि बैठकमा प्रस्तुत अध्यक्ष ओलीको प्रतिवेदनलाई अधिकांश सदस्यहरूले समर्थन जनाएका छन्।

धेरै पढिएको