१३ आश्विन २०८३, मंगलवार
Follow Us

कांग्रेस सभापतिमा किशोरसिंह राठोरले उम्मेदवारी दिने

नेपालब्रिटेन संवाददाता
१३ आश्विन २०८३, मंगलवार ०५:३८

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री किशोरसिंह राठोरले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका छन् ।

असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशनमा आफू सभापति पदमा प्रतिस्पर्धा गर्ने राठोरले बताएका हुन् । ‘म सभापतिमा उम्मेदवारी दिन्छु,’ राठोरले भने, ‘महाधिवेशन प्रतिनिधि चुनिएपछि जिल्लाबाट काठमाडौं आउँछु र थप छलफल गर्छु ।’

उनले पार्टीको नेतृत्वमा रहेर काम गर्ने आफ्नो इच्छा रहेको बताउँदै नेता तथा कार्यकर्ताबाट साथ र सहयोग पाउने विश्वास व्यक्त गरे ।

महाधिवेशनमा विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले पनि सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । हालसम्म सभापति पदका लागि थापा र राठोरको नाम चर्चामा छ ।

राठोरले सभापति पदमा उम्मेदवारीका लागि अहिले नै विशेष तयारी गर्न आवश्यक नरहेको बताए । ‘धेरै त्यस्तो के तयारी गरिराख्नु पर्छ र । परे पनि गरौँला, समय छ । यो पार्टीभित्रकै अधिवेशन हो,’ उनले भने ।

राठोर २०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको कांग्रेसको १४औँ महाधिवेशनमा शेरबहादुर देउवा पक्षबाट सहमहामन्त्री निर्वाचित भएका थिए ।

धेरै पढिएको