ताजा खबर

रोनाल्डोले किन छाडे पोर्चुगलको प्रशिक्षण क्याम्प

काठमाडौँ । पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान तथा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्। यूईएफए नेसन्स लिग अन्तर्गत डेनमार्कविरुद्ध बिहीबार हुने महत्त्वपूर्ण खेलअघि उनले क्याम्प छाड्ने निर्णय गरेका हुन्।

पोर्चुगलका मुख्य प्रशिक्षक जर्ज जेसुसले डेनमार्कविरुद्धको खेलमा रोनाल्डोलाई सुरुआती ११ मा नराख्ने (बेन्चमा राख्ने) संकेत गरे लगत्तै यो घटनाक्रम विकसित भएको हो। प्रशिक्षकको उक्त अभिव्यक्ति आएको केही समयमै रोनाल्डोले टोली छाड्ने निर्णय लिएका हुन्।

सामाजिक सञ्जालमार्फत रोनाल्डोले क्याम्प छाड्नुको वास्तविक कारण ‘उचित समय आएपछि’ मात्र खुलासा गर्ने बताएका छन्।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता