१५ आश्विन २०८३, बिहीबार
Follow Us

रुपन्देहीबाट एक किलो सुनका गरगहनासहित महिला पक्राउ

नेपालब्रिटेन संवाददाता
१५ आश्विन २०८३, बिहीबार ११:३७

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले रुपन्देहीबाट एक किलो सुनसहित एक महिलालाई नियन्त्रणमा लिएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटबाट बुधबार राति एक किलोग्राम सुनका गरगहनासहित महिलालाई पक्राउ गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन । पक्राउ पर्नेमा काठमाण्डू महानगरपालिका–१९ बस्ने ४६ वर्षीया इला पटेल रहेको डीएसपी थापाले जानकारी दिएका छन ।

उनलाई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म डण्डाबाट खटिएको टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई विशेष सूचनाको आधारमा सो गुल्मबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउपछि गरगहना सिद्धार्थनगर सुनचाँदी व्यवसायीले परीक्षण गर्दा १ किलोग्राम देखिएको डीएसपी थापाले जानकारी दिएका छन ।

पक्राउपछि उनलाई बरामद सुनसहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाइएको छ । बरामद सुनको मूल्य २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

धेरै पढिएको