काठमाडौं । सार्वजनिक लेखा समितिले म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा देखिएको विवाद अध्ययन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन गरीएको छ ।
समितिको शुक्रबार बसेको बैठकले झाको संयोजकत्वमा समिति गठन गर्दै दुई महिनाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । उक्त अध्ययन समितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य रहेका रहेका छन ।
म्यादी प्रहरीको कपडा खरिदमा अनियमितता भएको आशङ्कामा समिति बनाउने विषयमा सांसदहरूबिच छानबिन समिति बनाउने या अध्ययन समिति बनाउने भन्ने विषयमा मतभेद देखिएको थियो।