१८ आश्विन २०८३, आईतवार
Follow Us

कांग्रेस महाधिवेशनमा ओली नजाने, पोखरेल सहभागी हुने

नेपालब्रिटेन संवाददाता
१८ आश्विन २०८३, आईतवार ०७:०९

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । ओलीको सट्टा एमालेका महासचिव शंकर पोखरेल सहभागी हुने भएका छन् ।

कांग्रेसको महाधिवेशन उद्घाटन समारोह आइतबार काठमाडौंको खुलामञ्चमा हुँदैछ । यसअघि एमाले अध्यक्ष ओली स्वयं उद्घाटन समारोहमा सहभागी हुने तयारी थियो । तर अन्तिम समयमा उनले आफ्नो निर्णय परिवर्तन गर्दै महासचिव पोखरेललाई पठाउने भएका हुन् ।

एमालेका प्रचार प्रमुख निरज आचार्यका अनुसार कांग्रेसको महाधिवेशन उद्घाटनमा अध्यक्ष ओलीको सट्टा महासचिव पोखरेल सहभागी हुनेछन् ।

‘कांग्रेसको महाधिवेशन उद्घाटनमा अध्यक्षज्यूले महासचिवलाई पठाउने हुनुभएको छ,’ आचार्यले भने ।

यसअघि ओली महाधिवेशनमा सहभागी हुने बताइएको थियो । तर उनको सचिवालयले आइतबार बिहान ओली महाधिवेशनमा नजाने पुष्टि गरेको थियो । ओली किन सहभागी नहुने भन्नेबारे भने सचिवालयले कुनै कारण खुलाएको छैन ।

धेरै पढिएको