२३ आश्विन २०८३, शुक्रबार
Follow Us

नेकपा केन्द्रीय कार्यसंयोजन समिति बैठक सुरु, झलनाथ गएनन्

नेपालब्रिटेन संवाददाता
२३ आश्विन २०८३, शुक्रबार ११:२६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय कार्यसंयोजन समितिको बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसोबाट बैठक बसिरहेको छ।

बैठकले समसामयिक राजनीतिक घटनाक्रम र पार्टी महाधिवेशनबारे निर्णय लिने नेताहरूको भनाइ छ । स्थानीय तहको चुनावपछि महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउने नेकपा प्रवक्ता प्रकाश ज्वालाले बताए। यसअघि घोषणा भएको दुई महिने अभियान सञ्चालनबारे बैठकले निर्णय लिने उनले बताए।

बैठकमा नेता झलनाथ खनालले थालेको समाजवादी जागरण अभियानबारे पनि छलफल हुने जनाइएको छ। खनाल भने बैठकमा सहभागी भएका छैनन् ।

स्रोतका अनुसार खनालले नेकपा छाड्ने मनस्थिति बनाएका छन् । सके समाजवादी जागरण अभियान थाल्ने, नसके पुरानै पार्टी एमाले फर्किने उनको तयारी छ ।

धेरै पढिएको