चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो
काठमाडौँ । चितवन राइनोजसँग चार विकेटले पराजित भएपछि जनकपुर बोल्ट्स र कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफ दौडबाट बाहिरिएका छन् ।
शुक्रबारको दोस्रो खेलमा जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरलाई प्लेअफमा पुग्ने सम्भावनालाई अझ नजिक पारेको छ ।
चितवनले लिगको अन्तिम खेलमा आइतबार कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल अघि शनिबार विराटनगर किंग्स लुम्बिनी लायन्ससँग पराजित भएमा पनि चितवनले प्लेअफमा स्थान पक्का गर्नेछ । विराटनगर विजयी भएमा भने चितवनले अन्तिम खेलमा कर्णालीलाई पराजित गर्नुपर्नेछ ।
चितवनलले जित हात पार्दा पराजित जनकपुरसँगै कर्णाली याक्स पनि प्लेअफ होडबाट बाहिरिएका छन् । जनकपुरले लिगको ७ वटै खेल खेलिसक्दा जम्मा २ जितबाट ४ अंक मात्र जोड्न सक्यो । यस्तै एक खेल खेल्न बाँकी कर्णालीको ४ अंक मात्र छ । कर्णालीले अन्तिम खेल जिते पनि शीर्ष चारमा पुग्दैन ।

