खेल

एनपीएलमा आज लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको लुम्बिनी शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुनेछ । प्लेअफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनीले ६ खेल खेलेकोमा ४ मा जित र एकमा मात्र हार बेहोरेको छ भने एक खेल वर्षाका कारण रद्द हुँदा बराबरी अंक बाँडेको थियो । लुम्बिनीले कर्णाली याक्स, जनकपुर बोल्ट्स,पोखरा एभेन्जेर्स र सुदूरपश्चिम रोयल्सलाई हराएको थियो भने काठमान्डु गोर्खाजसँग पराजित भएको थियो । वर्षाका कारण चितवन राइनोजसँगको खेल भने रद्द हुँदा दुवै टिमले बराबरी अंक बाँडेको थियो ।

विराटनगर अंक तालिकाको पाँचौँ स्थानमा छ । उसका लागि आजको खेल निकै महत्त्वपूर्ण हुनेछ । प्लेअफमा पुग्ने बलियो सम्भावनाका साथ विराटनगर मैदानमा उत्रने छ ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम