ब्रेकिङ न्युज

चीन भ्रमणमा जाने टोलीले सभापति रवि लामिछानेसँग गरे छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले चीन भ्रमणमा जानुअघि पार्टी सभापति रवि लामिछानेसँग भेट गरेका छन् । आज बिहान उनीहरुले पार्टी सभापति लामिछानेसँग छलफल गरेका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणामा रास्वपा महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल भोलिदेखि चीन भ्रमणमा जाँदैछ ।

चीन भ्रमणमा जानुअघि प्रतिनिधिमण्डलले आज पार्टी सभापति रवि लामिछानेसँग सभापति निवासमा छलफल तथा परामर्श गरेको छ। छलफलमा आसन्न चीन भ्रमणका सन्दर्भमा आवश्यक सल्लाह तथा सुझाव लिइएको जनाइएको छ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम