मुख्य समाचार

एनआरएन यूकेको उपाध्यक्षमा शेरबहादुर सुनारको उम्मेदवारी

लण्डन । गैरआवासीय नेपाली संघ यूकेको उपाध्यक्ष समाजसेवी शेरबहादुर सुनारले उम्मेदवारी घोषणा गरेका छन् । सुनारले आफ्नो उम्मेदवारीसंगै ८ बुँदे प्रतिवद्धता समेत अघि सारेका छन् ।

भूपूगोर्खाहरुको मुद्धा र बृद्धबृद्धाको समस्या समाधानका लागि विशेष पहल गर्ने, नेपालमा पर्यटन भित्राउने, नेपालमा लगानी भित्राउन नयाँ अभियान संचालन गर्ने, बेलायतमा रहेका नेपाली संघसँस्थासंगको सम्बन्ध प्रगाढ पार्ने, नागरिकता बचाउ अभियानलाई निरन्तरता दिने जस्ता प्रतिबद्धता उनले गरेका छन् ।

बेलायतस्थित बिभिन्न संघसँस्थामा काम गरेको लामो अनुभव बढुलेका सुनार, लम्जुङ समाज यूकेको सल्लाहाकार, यती नेपाली एशोसियसन यूकेको सल्लाहाकार छन् ।

सिर्जनशील नेपाली समाज यूकेको संस्थापक अध्यक्ष समेत रहेका सुनार गैरआवासीय नेपाली अभियानमा लामो समय देखी सकृय छन् ।
20479785_1935869323369534_1273224521976372712_n

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्