मुख्य समाचार

छोरीको जन्मदिन खर्च कटाएर ३ हजार डलर बाढी पीडितलाई

मेलवर्न । अस्ट्रेलियाको जिलोङ निवासी लुम्बिनी-कपिलवस्तु दिवस अभियानका संयोजक इन्जिनियर रामकुमार श्रेष्ठ एबं दिदी-बहिनी समाज भिक्टोरियाकी कोषाध्यक्ष प्रभादेवी श्रेष्ठले आफ्नी छोरी पूजा श्रेष्ठको अठारौं जन्मदिन र अस्ट्रेलियाकै ख्यातिप्राप्त मोनास युनिभर्सिटीबाट छोरा पुरक श्रेष्ठले जियो साइन्समा ग्र्याजुयट गरेको अबसरमा आयोजना गर्न लागेको पार्टी रद्ध गरी अस्ट्रेलियन डलर तीन हजार डलर बाढी पीडितहरुको सहयोगार्थ उपलब्ध गराउने निर्णय गर्नु भएको छ । उक्त रकम धुर्मुस-सुन्तली फाउण्डेशन मार्फत प्रयोग गरिनेछ ।
अबिरल बर्षाको कारण हालसम्ममा २६ जिल्ला बाढीमय भएको छ र गृह मन्त्रालयका अनुसार बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या सोमबारसम्ममा १२०, घाइते हुनेको संख्या ३९ र ३५ जना अहिलेसम्म बेपत्ता छन् भने ३४ हजार घर डुबानमा परी देश शोकमय अवस्थामा छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्