मुख्य समाचार

जनसम्पर्क समिति वेलायतको उपसभापतिमा विनय अधिकारीले उम्मेदवारी दिने

बेलायत स्थित नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाली काँग्रेस बेलायत जनसम्पर्क समितिको अधिवेशनमा युवा व्यवसायी विनय अधिकारीले आफ्नो उम्मेदवारी दिने भएका छन् । लामो समयदेखि बेलायतमा रहेर नेपाली काँग्रेसमा आबद्ध अधिकारीले उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका हुन् ।

अाउँदाे सेप्टेम्बर १६ मा हुन लागेकाे अधिवेशनमा हुने अधिवेशनमा अधिकारीले अाफ्रनाे उम्मेद्रवारी समग्र प्रवासी नेपालीहरुका लागि भएको बताए । ‘मेरो उम्मेदवारी बेलायतमा रहेका सम्पूर्ण दाजुभाइ दिदिबहिनीहरुको हक हित र नेपालका लागि हो ।’ उनले भने । अधिकारीले प्रवासमा रहेर आफ्नो देशका लागि धेरै नेपालीहरूले योगदान गरेको स्मरण गर्दै नेपाल सरकारले प्रवासी नेपाली प्रति हेर्ने दृष्टिकोण अझै प्रस्ट नभएको र आफू विजयी भएको अवस्थामा सो विषयमा नेपाल सरकारसँग समेत आवाज बुलन्द गर्ने बताए ।
विद्यार्थी कालदेखि नै राजनीतिमा आबद्ध हुँदै आएका अधिकारीले नेपाली काँग्रेसका जन्मदाता बीपी कोइराला र गणेशमान सिंह जस्ता नेताहरूको योगदानलाई बिर्से इतिहासले धिक्कार्ने समेत बताए । ‘राष्ट्रियता, लोकतन्त्र र समाजवादमा विश्वास गर्दै समाजको विकास अघि बढ्नुपर्छ । त्यसैले २००७ सालमा प्रजातन्त्र प्राप्ति पछि पनि देशमा विकासको मुहान फुट्न सकेको छैन ।’ उनले भने ।

अधिकारी लामो समयदेखि बेलायतमा रहेर व्यावसायसँगै सामाजिक कार्यमा पनि सक्रिए छन् । उनले प्रवासी नेपालीहरूको हकहितका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । उनको नेपाली काँग्रेसका केन्द्रीय तहका नेताहरुसँग निकट सम्बन्ध रहेको छ ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्