मुख्य समाचार

विमानस्थलमा युक्रेनी नागरिकका झोला जाँच्दा भेटियो लागुपदार्थ

काठमाडौँ। विदेशी नागरिकले नेपालमा कसरी अवैध सामान भित्र्याउँछन् भन्ने नमूना यसलाई मान्न सकिन्छ। दुई युक्रेनी नागरिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध सामान छल्नै लाग्दा उनीहरू पक्राउ परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो चरेससहित युक्रेनी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

डिपाचर एरियाको चेकिङ्ग एक्सरेमा होल ब्याग चेकिङ्ग गराउने क्रममा प्रहरीले मंगलबार दुई किलो चरेससहित ४२ वर्षीय युक्रेनी नागरिक ओलेक्सो लोलेङकीलाई पक्राउ गरेको हो।

उक्त दुई किलो चरेस होल ब्याग भित्र रहेको चेवन प्रासको दुई वटा बट्टा भित्र र प्रयोग गरेको जुत्ताको सोल भित्रबाट बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका युक्रेनी नागरिक लोलेङकोलाई थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागी लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरमा पठाइएको छ।

– डिसी नेपालबाट ।

About the author
nepalbritain news

nepalbritain news