२४ जेष्ठ २०८३, आईतवार
Follow Us

तीब्र विकास गर्न चुनाव लड्न कैलाली आएको : डा. आरजु

नेपालब्रिटेन डट कम्
९ मंसिर २०७४, शनिबार १४:०९

धनगढी । सकारले धनगढीमा रहेको सेती अञ्चल अस्पतालको स्तरोन्नती गर्ने निर्णय पारित गरेको छ । कैलाली क्षेत्र नम्बर ५ का नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार नेतृ डाक्टर आरजु राणा देउवाको विषेश पहलपछि सरकारले सेती अञ्चल अस्पताललाई तीन सय सैøयाको अस्पताल बनाउने निर्णय पारित गरेको जनाइएको छ ।
मन्त्रीपरिषद्को शुक्रबार बसेको बैठकले हाल एक सय ५० शैय्याको अञ्चल अस्पतालको स्तरोन्नती गरी तीन सय शैय्याको बनाउने निर्णय गरेको छ । यससंगै यो अस्पताल क्षेत्रीय अस्पतालका रूपमा स्तरोन्नती हुने बाटो खुलेको छ ।
प्रतिनिधि सभा सदस्य उम्मेदवार डाक्टर आरजुले एक साताअघि अस्पतालको निरीक्षणका क्रममा स्तरोन्नतीका लागि विशेष पहल गर्ने बताउनु भएको थियो ।
‘म प्रदेश नम्बर ७ मा शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा तीब्र विकासको आकांक्षासहित नै यहाँबाट चुनाव लडेकी छु’ शनिबार नेपाल मेडिकल एसोसिएसनले धनगढीमा आयोजना गरेको अन्तक्र्रियामा उहाँले भन्नुभयो– मन्त्रीपरिषद्बाट यो अस्पतालको स्तरोन्नतीका लागि निर्णय पारित गरेको छ, अब केही दिनभित्रै बजेट विनियोजन प्रक्रिया हुने छ ।
उहाँले स्तरोन्नतीपछि अत्याधुनिक उपचार सेवा, आइसियु कक्षलाई थप व्यवस्थित गरिने र आधुनिक र सुविधासम्पन्न प्रसुति गृहको निर्माण हुने बताउनुभयो । ‘काँग्रेसलाई जिताउनुहोस्, हामी प्रदेश नम्बर ७ का सबै सरकारी अस्पताल र स्वास्थ्य संस्थालाई नमुना बनाउने छौं’ उहाँले भन्नुभयो ।
अन्तत्र्रिmयामा डोटी बुडरका गोरखबहादुर लामा, धनगढी चटकपुरका अर्जुन डगौंरा लगायतले स्तरीय उपचार सेवाको अभावका कारण बिरामीहरूले ऋण काँडेर पनि भारत र राजधानीका अस्पताल धाउनु परेको अनुभव सुनाउनु भयो ।
अन्तक्र्रियामा सेती अञ्चल अस्पताल विकास समितिका अध्यक्ष रिता भण्डारी बमले हाल सरकारी स्तरवाट ५० सैया मात्रै रहेको र अस्पतालमा एक सय ६ जना स्वास्थ्यकर्मी तथा कर्मचारीको दरबन्दी रहे पनि हाल ८९ जनामात्रै कार्यरत रहेको जानकारी दिनुभयो ।

धेरै पढिएको

slot gacor