२९ आश्विन २०८२, बुधबार
Follow Us

काठमाडौंमा भूकम्पको धक्का

nepalbritain news
१० पुष २०७४, सोमबार ०२:५०

काठमाडौं। साेमबार विहान राजधानी र अासपासका क्षेत्रमा भूकम्पकाे धक्का महशुस गरिएकाे छ। साेमबार बिहान ६ बजेर ५० मिनेटको समयमा काठमाण्डौ र यसआसपासका क्षेत्रमा भुकम्पको धक्का महशुस भएको हो।

राष्ट्रिय भुकम्पमापन केन्द्रका अनुसार नुवाकोटको बिदुरमा केन्द्रबिन्दु भएको ३.८ को म्याग्नेच्युटको भूकम्प गएको हो। भूकम्पको धक्का केही समय कायम थियो। याे भूकम्प ०७२ साल वैशाख १२ गते भएकाे शक्तिशाली भूकम्पकाे परकम्प भएकाे केन्द्रले जनाएकाे छ।
– डिसी नेपालबाट ।

धेरै पढिएको