ताजा खबर

लैनचौरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ। लैनचौरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। साेमबार बिहान ४ः०० बजे लैनचौरमा बा ९० प १४०० नंको मोटरसाइकल अनियन्त्रित भइ सडकको पेटिमा ठक्कर खाई दुर्घटना हुँदा बाग्लुङ घर भई हाल बोहराटार बस्ने साजन ठकुरीको मृत्यु भएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जीतकारले तीव्र गतिमा चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको बताए। दुर्घटनामा गम्भीर घाइते भएका ठकुरीको उपचारका क्रममा ५ः१५ बजे शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो।
– रासस

About the author
nepalbritain news

nepalbritain news