२९ भाद्र २०८२, आईतवार
Follow Us

चर्को गर्मीका कारण अष्ट्रेलियाको जनजीवन प्रभावित

nepalbritain news
२४ पुष २०७४, सोमबार ०३:०९

एजेन्सी। यतिबेला एकातर्फ अमेरिका, क्यानडा, रुस चीनलगायतका मुलुकमा चिसोका कारण कयौं मानिसको ज्यान गइसकेको छ भने जनजीवन नराम्ररी प्रभावित भएको छ। तर,अष्ट्रेलिया मा भने चर्को गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको छ।

अन्याधिक चिसो र हुस्सुका कारण अमेरिकामा हजारौं उडान रद्द गरिएको छ। अमेरिकाको राष्ट्रिय मौसम सेवाका अनुसार न्युयोर्कका तामक्रम माइनस १३ डिग्रीमा झरेको छ। उता पूर्वी क्यानडाको तापक्रम माइनस ५० डिग्री सेल्सियससम्म पुगेको छ। टोरन्टो विमानस्थलमा पनि उडान प्रभावित भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

उता अष्ट्रेलियामा भने चर्को गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको छ। गर्मीका कारण अष्ट्रेलियामा रुखमा आगो लागेको थियो। अष्ट्रेलियाको तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ। रुखमा आगो लागेपछि तामक्रम झन बढेको छ। गर्मीका कारण सडकको पीच पग्लिन थालेको संचारमाध्यमले जनाएका छन्। मेलबर्नको बाहिरी इलाकासमित भिक्टोरिया र दक्षिण अष्ट्रेलियाका केही राज्यमा संकटकालको घोषणा गरिएकोे छ।
-डिसी नेपालबाट ।

धेरै पढिएको