मुख्य समाचार

सगुन एन्ड्रोइड एप डाउनलोड गर्नु भयोे ?

नयाँ दिल्ली । वलिउड नायिका श्रद्धा कपुरले सगुनको मोवाइल एप सार्वजनिक गरेकी छन्। नयाँ दिल्लीबाट मंगलबार बेलुका एन्ड्रोइड एप लन्च गरिएको हो।

नेपाली नेतृत्वको सोसल कमर्श प्लेटफर्म सगुनले विश्व बजारमा आफ्नो उपस्थिति बढाउँदै लगेको छ। दक्षिण एशियालाई प्रारम्भिक गन्तव्य ठहर गर्दै भारतमा आफ्नो प्रभाव विस्तारमा सगुनले उल्लेखनीय फड्को मारेको छ। सगुनको एप लन्च गर्ने समारोहमा भारतीय कला क्षेत्रदेखि राजनीति, सूचना प्रविधि र व्यवसायिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू सहभागी थिए।

टेलिभिजन सेलिब्रिटी मन्दिरा वेदीले होस्ट गरेको एप लन्च कार्यक्रममा नायिका श्रद्धा कपुरले सगुनका नविनतम् फिचर्सका बारेमा मज्जाले ब्याख्या गरेकी थिइन्। श्रद्धाले आफूले सगुनको एप मन पराएको मात्रै बताइनन्, उनले दैनिक जीवन सहज बनाउन सगुन एपको प्रयोग सुरू गरेको मञ्चमै सुनाइन्।

श्रद्धाले आफ्नो दैनिकी व्यवस्थापनमा सगुनको एप सघाउ हुने बताइन् । श्रद्धाले यति रचनात्मक फिचरसहितको एप बनाउने कसरी सोच आयो भन्दै सगुनका परिकल्पनाकार एवं संस्थापक गोबिन्द गिरीलाई मञ्चमै प्रश्न गरेकी थिइन्। गिरी र श्रद्धाबीचको संवाद रोचक थियो।

सगुनका संस्थापक गिरीले लामो संघर्ष र मेहनतको प्रतिफलमा मोवाइल एप आएको उल्लेख गर्दै नेपालीहरूको दृढ विश्वास र सहयोगबाट यो संभव भएको बताए। दक्षिण एशियामा सगुनको उत्पादनका प्रभाव विस्तार गर्दै विश्व बजारमा पुग्ने लक्ष्य रहेको गिरीले सुनाए।

गिरीले सगुनको परिकल्पना र भविष्यबारे बताउँदा हलमा उपस्थित सहभागी निकै उत्साहित देखिन्थे।

सगुन एन्ड्रोइड एप डाउनलोड गर्न गुगल एप स्टोरमा गएर सगुन सर्च गरे हुन्छ।

सगुनका सहसंस्थापक द्वय कविन्द्र सिटौला र स्वाती दयालसहित संस्थापक गिरी र नायिका श्रद्धाले मञ्चबाट सगुन एप लन्च गर्दाको क्षणमा सहभागीले उत्साह थपेका थिए।

Download it

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्