मुख्य समाचार

कम्युनिष्ट पार्टिले विधानको कार्यकाल र समयसीमा हटाउने

नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस गर्ने नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीले एकीकृत पार्टीको विधानबाट राजनीतिक सक्रियताको उमेर र कार्यकालको समयसीमा हटाउने भएका छन् ।एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलले तयार पारेको विधानको मस्यौदामा सक्रिय राजीनतिको उमेर ७० बर्ष र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था थियो ।

तर अहिले यी दुवै विषय हटाइएको छ (चीनमा पनि हालै कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था हटाइएको छ)पार्टी राजनीतिमा नयाँ मानिसको प्रवेश कम र नेतृत्वको सहज बहिर्गमन नभएका कारण एमाले र माओवादी दुवैको संगठन मादलजस्तो बनेको टिप्पणी हुँदै आएको छ ।

एमालेले आठौं महाधिवेशनबाट कार्यकारी पदमा दुई कार्यकाल र नवौं महाधिवेशनबाट ७० बर्ष उमेरहदको विषयलाई लागू गरेको थियो ।सत्तरी बर्षको व्यवस्था तीन बर्षभन्दा बढी टिक्न सकेन । संसारभरका कम्युनिस्ट पार्टीमा मूल नेतृत्वले आजीवन पद नछाड्ने परम्परा छ । नेपालमा कम्युनिस्ट पार्टीले पनि यो परम्परालाई निरन्तरता दिएका छन् ।

वैशाख पहिलो साता ८४ लाग्ने नेकपा मसाल महामन्त्री मोहनविक्रम सिंह २०३१ देखि निरन्तर नेतृत्वमा छन् ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०४६ देखि नेतृत्वमा छन् ।एमाले नेतृत्व पहिलो पुस्तामा केन्द्रित छ । झापा विद्रोह, केन्द्रीय कोअर्डिनेसन केन्द्र, नेकपा माले, नेकपा एमालेसम्म आइपुग्दा पाँच जना नेताले नेतृत्व गरेका छन् ।झलनाथ खनाल, सिपी मैनाली, मदन भण्डारी, माधव कुमार नेपाल हुँदै अहिले एमाले नेतृत्व केपी शर्मा ओलीमा छ ।

About the author
nepalbritain news

nepalbritain news