१२ पुष २०८२, शनिबार
Follow Us

किताबखानाले रोकिदियो पराजुलीको पेन्सनपट्टा

nepalbritain news
२९ चैत्र २०७४, बिहीबार ०३:२१

काठमाडौँ। निजामती किताबखानाले ७ महिना ९ दिनको अतिरिक्त सुविधा फिर्ता गरेपछि मात्रै निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टा बनाइदिने भएको छ । किताबखानाले सर्वोच्च अदालतलाई पत्र लेखी पराजुलीले गत साउन २१ देखि फागुन मसान्तसम्म लिएको सबै सुविधा फिर्ता गराउन भनेको हो ।

जन्ममिति विवादपछि पदमुक्त भएका पराजुलीको अवकाशको झन्डै एक महिनासम्म पनि पेन्सनपट्टा बन्न नसकेको हो ।

‘सबै कागजात र पत्राचारका आधारमा हेर्दा गोपाल श्रीमानको २०७४ साउन २१ मै अवकाश भएको देखियो,’ निजामती किताबखाना स्रोतले भन्यो, ‘अवकाशपछि सुविधा लिएको भए त्यो फिर्ता गरेपछि मात्रै पेन्सनपट्टा बनाइदिने चलन हो। पदमा रहँदा कुनै सरकारी सामान लिएको भए त्योसमेत फिर्ता भएको कागजात सम्बन्धित कार्यालयले बनाइदिनुपर्छ । त्यसैका लागि सर्वोच्च अदालतमा पत्र लेखिएको हो ।’ सर्वोच्च प्रशासनले निजामती किताबखानाको पत्रबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन ।
कान्तिपुरबाट

धेरै पढिएको