ताजा खबर

विद्युत् चोरी गर्ने १४ जनामाथि कारवाही

राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले हुकिङ नियन्त्रण अभियानअन्तर्गत १४ जनालाई पक्राउ गरी कारवाही गरेको छ।

वितरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुगमन टोलीले जिल्लाका तिरुहत र कृष्णसवरण गाउँपालिकामा विद्युत्को खम्बामा अङ्कुशे लगाई बिजुली बाल्नेलाई पक्राउ गरिएको प्राधिकरण प्रमुख चन्द्रनारायण साहले बताए।

तिनका साथबाट ब्याट्री र एलएडी टिभी एक थान तथा पानी तान्ने मोटर तीन थान बरामद गरिएको छ। दोषीलाई विद्युत् ऐनअनुसार रु पाँच हजार जरिवाना तिराइएको प्राधिकरण राजविराजले जनाएको छ।
रासस

About the author
nepalbritain news

nepalbritain news