२२ भाद्र २०८२, आईतवार
Follow Us

उद्योगमा आगलागी

nepalbritain news
१७ जेष्ठ २०७५, बिहीबार ०३:०१

दाङ- दाङको तुलसीपुर–९ स्थित राजु तामाङको दोघरे सिरक–डसना उद्योगमा हिजो साँझ भीषण आगलागी भएको छ । उद्योगमा लागेको आगो तीन घण्टापछि पनि नियन्त्रणमा आएको थियो ।
आगलागी हुँदा लाखाँै मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । विद्युत् चुहिएर फैलेको आगोका कारण सिरक, डसना बनाउन प्रयोग गरिने कच्चापदार्थ, कपास, मेशिन, उपकरण, तयारी अवस्थामा राखिएका सिरक, डसना, तकिया लगायतका लाखाँै मूल्य पर्ने सामग्री जलेर नष्ट भएको पीडित परिवारले बताएको छ । उद्योगमा आगलागीको घटना भएलगत्तै स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र तुलसीपुर उपमहानगरपालिको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

प्रारम्भिक जानकारीअनुसार करीब रु ३५ लाखको क्षति भएको र अझै विस्तृत विवरण आउँन बाँकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।
रासस

धेरै पढिएको