२३ भाद्र २०८२, सोमबार
Follow Us

गोल रक्षक परिवर्तन भएपछि अर्जेन्टिनाको भाग्य चम्कियो

nepalbritain news
१३ असार २०७५, बुधबार ०४:४५

काठमाडौँ । गोल रक्षक परिवर्तन भएको खेलले अर्जेन्टिनालाई सार्थकता दिलाएको छ।

कठिन अवस्थामा संघर्षपूर्ण भिड्न्तपछि अर्जेन्टिनाले नकआउट चरणमा स्थान बनाएको हो। गएराति भएको खेलमा अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो।

फ्रान्को अर्मानीको यस खेलनै अर्जेन्टिनाका तर्फबाट अन्तर्राष्ट्रिय डेब्यु खेल थियो।

तर उनले आकर्षक बचाउ गर्न सफल भएपछि पनि अर्जेन्टिनालाई खेलमा निकै राहात मिलेको थियो। यसअघि क्रोएसियाविरद्धको खेलमा ३ गोल खाएका गोलरक्षक विली क्याबालेरो कमजोर भएका कारण परिवर्तन गर्नुपर्ने आवाज उठेपछि उनको स्थानमा अर्मानीलाई प्रतिस्थापन गरिएको हो।

नकआउट चरणमा फ्रान्ससँग भिड्ने
समुह डीमा ४ अंक सहित उपविजेता बनेको अर्जेन्टिनाले प्रि–क्वाटर फाइनल चरणमा बलियो प्रतिस्पर्धाी पाएको छ।

अर्जेन्टिनाले समुह सीको विजेता फ्रान्ससँग भिड्नेछ। यसैगरी विजेता टोली क्रोएसियाले भने डेनकार्कसँग खेल्नेछ।
डिसी नेपाल

धेरै पढिएको