२४ भाद्र २०८२, मंगलवार
Follow Us

संसदीय सुनुवाई समितिको बैठक सिंहदरबारमा जारी

nepalbritain news
१८ श्रावण २०७५, शुक्रबार ०८:२९

काठमाडौं। संसदीय सुनुवाई विशेष समितिको बैठक बसिरहेकाे छ। प्रस्तावित प्रधानन्यायाधिश दीपकराज जोशीको सुनुवाईबारे निर्णय लिन पटक–पटक स्थगित हुँदै आएको संसदीय सुनुवाई विशेष समितिको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ।

बुधबार बसेको समितिको पछिल्लो बैठकले शुक्रबार प्रस्तावित प्रधानन्यायाधिश जोशीको सुनुवाईबारे ठोस निर्णय लिने जनाएको थियो। बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा) प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई अस्विकृत गर्न सर्वसम्मत निर्णय गर्ने दाउमा रहेको छ भने प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस जोशीलाई नै प्रधानन्यायाधिश बनाउनुपर्ने अडानमा रहेको छ।

प्रमुख दुई दलका फरक–फरक अडानका कारण गत श्रावण १० गते नै सुनुवाई सकिएपनि जोशीलाई के गर्ने भन्ने विषयमा ठोस निर्णय हुन सकेको छैन। जोशीको शैक्षिक योग्यताको प्रमाणपत्र माथि पनि प्रश्न उठेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जोशीलाई प्रस्तावित प्रधानन्यायाधिश बनाउन नहुने पक्षमा उभिएको छ। कायममुकायम प्रधानन्यायाधीश जोशी जग्गाको मुद्दा फैसलासम्बन्धि विवादमा पनि तानिएका छन्।
डिसी नेपाल

धेरै पढिएको