लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेले कोलोराडामा सबैलाई नचाए
नातिबाबु भट्ट । कोलोराडो, अमेरीका ।
नेपाली लोक दोहोरी संगीतका चम्कीलातारा पुरुषोत्तम न्यौपाने सांगीतीक सांझमा सहभागी सबैलाई गायकले नचाएका छन् । सनीबार कोलोराडो वेष्ट मिनिस्टर स्थित याकएण्डएती रेष्टुरेण्टमा सम्पन्न सांगीतीक साझमा गायक न्यौपानेले आङ्खना लोकप्रयि गीत मार्फत सबैलाई नचाएका हुन् ।
हालै भएको सडक दुर्घटनामा घाईते भएका बिद्यार्थि मनोज पन्तको सहयोगार्थ एनआरएन कोलोराडो च्याप्टर तथा एनआरएन हेल्पडेक्सको संयूक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष तथा कार्यवाहाक अध्यक्ष शुनिल साहको प्रमुख आतिथ्यता तथा पूर्ब संसद रामकृष्ण घिमीरे, बोर्ड मेम्बर तथा आईडी कार्ड संयोजक गोपेन्द्र भट्टराई, आईसीसी मेम्बर प्रकास साप्कोटाको आतिथ्यतामा सम्पन्न कार्यक्रममा सबै अतिथीहरुले एनआरएनका गतिवीधी बारे आनो धारणा राखेका थिए ।
सनिवार सांझ ७ बजे देखि राती १० बजेसम्म सञ्चालित कार्यक्रममा एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष राज ढुङ्गाना र उपाध्यक्ष कुमारजंग कार्कीले उपस्थित सबैलाई स्वागत गरेका थिए भने, कार्यक्रमका संयोजक तथा हेल्पडेक्सका केन्द्रिय सदस्य बासु खनाले कार्यक्रम बारे प्रष्ट्याएका थिए । कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, गन्यमान्य, बुद्धी जिवी, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य, महिला दिदी बहिनी तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।
तिजका गीत पुरुषहरुले पनि गाउन हुन्छ भनेर सुरुगरेका न्यौपानेको प्रस्तुती हेर्न ठुलो संख्यामा महिला दिदी बहिनीहरु साडी चोलो लगाएर उपस्थित भएका थिए । नजिकीदै गरेको तिजको झल्को दिनेगरी दिदी बहिनीहरुले छम छम नाची रहदा आफुलाई नेपाली घर आगनमा भएको आभास हुन्थ्यो ।
गायक पुरुषोत्तमले झिमझिम सितार, ऐना हेरेर, सरर पानी घट्टमा, मत हिंडे पोखरा, मोहनी तिम्रा बोलीमा, कुर्था सुरुवाल लगाउदा त यस्ती छौ, जस्ता चर्चित लोक गीत तथा तिजका गीत ग।एर दर्शकहरुलाई तताएका थिए । कार्यक्रममा बसन्त लम्साल, संझना पाण्डे, सन्ध्या लम्साल, मनोज तुलाधर लगायतका स्थानीय कलाकारहरुको पस््रतुतीले सांगितीक माहोल अझै चम्काएको थियो ।
कार्यक्रमका प्रायोजक याकएण्डयती रेष्टुरेन्टले ५० प्रतिषद डिस्काउण्डमा खाना उपलब्ध गराएको थियो । कार्यक्रमको खर्च कटाएर बाकी रहेको १ हजार ७ सय २८ डलर घाईते मनोज पन्तलाई सहयोग गरिने कार्यक्रम संयोजक खनालले बताएका छन् ।
एनआरएन कोलोराडो च्याप्टरका सचिव रामचन्द्र पन्तले संचालन गरेको कार्यक्रममा महिला संयोजक यमुना केसिले नजिकीदै गरेको नेपाली हिन्दु महिलाहरुको बिशेष चाड तिजको शुभकामना दिएकी थिईन् भने कोषाध्यक्ष शंकर खड्काले कार्यक्रम समापन गरेका थिए ।

