ताजा खबर

‘मानवअधिकार कार्यान्वयनमा सरकार संवेदनशील’

महेन्द्रनगर, धनुषा – प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश सरकार मानवअधिकार कार्यान्वयनको पक्षमा संवेदनशील रहेको बताउनुभएको छ ।

प्रदेश २ महान्यायाधिवक्ताको कार्यालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले संयुक्तरुपमा आज जनकपुरमा आयोजना गरेको ‘मानव अधिकारमैत्री कानून निर्माणमा प्रदेश सरकारको भूमिका’ विषयक कार्यशालामा उहाँले मानव अधिकार मैत्री कानून निर्माण गरेर नागरिकका हरेक अधिकार सुनिश्चित गरिने बताउनुभयो ।

मन्त्री यादवले भन्नुभयो, “हामीहरु आन्दोलनबाट नै आएको हुँदा आन्दोलनको मर्मअनुसार मानव अधिकारको विशेष ख्याल गरेर कानून निर्माण गर्दैछौँ ।” उहाँले आफूहरु मानव अधिकारको रक्षाका लागि शुरुदेखि नै सङ्घर्षरत रहेको बताउँदै मधेश आन्दोलनको कारण नै देशमा अहिले सङ्घीयता कार्यान्वयन भएको बताउनुभयो ।

कार्यक्रममा समाजिक विकासमन्त्री नवलकिशोर साहले देशमा गरीबी निवारणका लागि लागू भएको गरीबी निवारण कार्यक्रमबाट गरीबभन्दा पनि हुनेखाने वर्गले फाइदा लिएको आरोप लगाउनुभयो । उहाँले गरीबी निवारणका लागि धनीहरुको नक्साङ्कन गरेर सीमा तोकिनुपर्ने धारणा राख्नुभयो ।

प्रदेश २ का महान्यायाधिवक्ता दीपेन्द्र झाले अधिकारका लागि मानव अधिकारको सुनिश्चित गर्न राज्यलाई सबल र सक्षम बनाउनेतर्फ सबै पक्षबाट जोड पु¥याउनुपर्ने बताउनुभयो ।
रासस

About the author
nepalbritain news

nepalbritain news