ताजा खबर

४ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

धनकुटा। चौबिसे गाउँपालिका–५ हमेला बस्ने ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले सोही ठाउँ बस्ने ४१ वर्षीय धन बहादुर तामाङलाई मंगलबार पक्राउ गरेको हो।

घटनाका बारेमा जानकारी पाउनासाथ अस्थाई प्रहरी बिट मौनाबुधुक र ईलाका प्रहरी कार्यालय राजारानी धनकुटाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

४१ वर्षीय तामाङले गत मंसिर २४ गते बेलुकी ती बालिकालाई जबरजस्ती करणी गरेको जनाइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
डिसी नेपाल

About the author
nepalbritain news

nepalbritain news