२२ आश्विन २०८२, बुधबार
Follow Us

संघीय समाजवादी फोरम बेलायतको अध्यक्षमा गुरुङ

नेपालब्रिटेन डट कम्
१० आश्विन २०७३, सोमबार १६:११

लन्डन । संघीय समाजवादी फोरम बेलायतको अध्यक्षमा कलम गुरुङ सर्वसम्मत भएका छन् । गुरुङलाई फोरमको आइतवार अल्डरशटमा सम्पन्न दोस्रो अधिवेशनले नयाँ नेतृत्व सुम्पेको हो । पूर्वपरराष्ट्रमन्त्री तथा पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्धघाटन गरेको सो अधिवेशनको २८ सदस्यीय कार्यसमितिको चयन गरेको छ  ।

अधिवेशनले दुई सहअध्यक्ष तथा चार उपाध्यक्ष सहितको नयाँ कार्यसमिति गठन गरेको छ । कार्यसमितिको सहअध्यक्षमा नरेश काङमाङ राई र बालकृष्ण राई, उपाध्यक्षहरूमा भानुभक्त राई, बसुन्धरा याक्खा राई, योगेश राई र पंकज बजगाइं चयन भए ।
महासचिवमा कमल राई, उपमहासचिवमा मिलनचन्द्र राई, सचिवहरूमा देवेन्द्र राई, विमला 
कुमारी राई र दावा स्याङ्वो, कोषाध्यक्षमा जानुका राई, 
सह कोषाध्यक्षमा होम सुनुवार र राजकुमार राई चयन भए ।
कार्यसमितिको सदस्यहरूमा सय कुमार राई, चन्द्रबहादुर गुरूङ, सुमित्रादेवी राई, इन्द्र गुरूङ, एम कुमार गुरूङ, दुर्गा गुरूङ, दीपेन्द्र गुरूङ, चन्द्र गुरूङ, शेर गुरूङ, आङ्दावा शेर्पा, रिञ्जी शेर्पा, फुर्वा शेर्पा र अमित थेवे रहेका छन् ।

सो अधिवेसनमा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य आङकाजी शेर्पा, बेलायतका लागि कार्यवाहक राजदूत शरदराज आरन लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

धेरै पढिएको