ताजा खबर

गगन थापाको व्यङ्ग्य : सरकारलाई बधाई छ !

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सांसद गगन थापाले सरकारलाई बधाई दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले सरकारले आफूसँग निहु खोज्ने जोगी डाक्टरलाई देखाइदिँदा धेरै खुसी लागेको भन्दै व्यग्यात्मक रुपमा बधाइ दिएको हुन् ।
थापाले भने ‘एउटा जोगी डाक्टरले सरकारसँग निहु खोज्यो । त्यो पनि दुई तिहाईको सरकारसँग । सरकारले देखाइदियो । सरकारलाई बधाई छ । सरकारको अपार सफलतामो माननीय सांसदहरु खुसी नहुने कुरै भएन तर, खुसी हुनेहरुको लाममा अरु पनि उभिएका रहेछन् ।’ साथै उनले कांग्रेसको विरोधका बीच विधेयक पारित गर्ने लागि परेका सत्ता पक्षका सांसद्हरुप्रति पनि व्यंग्य गरे ।
‘मेडिकल शिक्षाका नाममा विद्यार्थी विदेश पठाउने, खडेबाबा डाक्टर र बिरामी खडा गरेर मेडिकल कलेज चलाउने, गौरीबहादुर कार्कीको न्यायिक आयोगले डामेकाहरु सबै खुसी भएका छन् । लोकमानसिंह कार्कीदेखि कालिकास्थानको टहरामा मेडिकल कलेज सञ्चालन गर्नेसम्म खुसी भएका छन् । यत्रो मान्छेलाई खुसी बनाउने सरकारलाई बधाई छ’, थापाको भनाइ थियो ।

About the author
nepalbritain news

nepalbritain news