ताजा खबर

कमल थापा नेतृत्वको राप्रपाले फागुन १५ देखि ३० गतेसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा थाल्ने

काठमाडौं– कमल थापा नेतृत्वको राप्रपाले फागुन १५ देखि ३० गतेसम्म मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा थाल्ने भएको छ ।
यात्राको अध्यक्ष थापाले एक समारोहका बीच फागुन १५ गते ताप्लेजुङ सदरमुकाममा औपचारिक समुदघाटन गर्ने कार्यक्रम रहेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यात्राको उद्देश्य हिन्दु राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, स्वदेश मै पर्याप्त रोजगारीको सिर्जना गर्ने वातावरण बनाउन दबाब दिने, सबैखाले महिला हिंसा, जातीय विभेद र छुवाछुतको अन्त्यका लागि जनजागरण गर्ने रहेको छ ।

यात्रा अवधिभर शुद्ध शाकाहारी भोजनको व्यवस्था गरिएको छ भने यसबारे यात्रा पुग्ने जिल्लाका सम्बन्धित समितिलाई सर्कुलर समेत पठाइएको छ ।
ताप्लेजुङबाट पाँचथर, इलाम, झापा सहित तराईका २२ जिल्ला र देशका विभिन्न भाग हुँदै सुदुर पश्चिमको कञ्चनपुर पुग्ने यात्रा कञ्चनपुरबाट फर्केर बुटवलबाट पाल्पा, स्याङ्जा, कास्की हुँदै फागुन २९ गते उपत्यका प्रवेश गर्ने श्रेष्ठले जानकारी दिए ।
यस्तै फागुन ३० गते सभा गर्दै सम्पन्न गरिनेछ ।
ताप्लेजुङबाट काठमाडौं सम्मको १५ दिने यात्राले २२६० किमि दुरीको यात्रा तय गर्ने बताइएको छ ।

About the author
nepalbritain news

nepalbritain news