मुख्य समाचार
सिके राउतसँग सम्झाैता अपारदर्शी : कांग्रेसका नेता प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पृथकतावादि अान्दाेलनमा लागेका सिके राउतसँग सरकारले अपारदर्शी रूपमा सम्झाैता गरेकाे बताएका छन् । अाज राजधानी मा काठमाडौ नेस्नल स्कुल ले अायाेजना गरेकाे कार्यक्रममा संचार कर्मि हरु काे जिज्ञासा मा नेता सिंहले कांग्रेस नेतृत्वमन जारी भएकाे संविधान मान्छु भनेर राउत अाउनु राम्राे भएपनि सम्झाैताबारे संसदमा रहेका दलहरूलाई गुपचुप राखिएकाे असन्तुष्टि जनाए । शुक्रबार सिके राउतसँग भएकाे सम्झाैतालाई लिएर नेकपाभित्रै मतभेद देखिएकाे भन्दै नेता सिंहले सहमतिकाे बारेमा भविष्यमा गतिविधि हेरेर मात्र भन्न सकिने बताए । उनले सम्झाैतामा उल्लेख भाषा त्रुटिपुर्ण रहेकाे भन्दै नेकपाभित्रै विवाद शुरू भएकाे बताए । सम्झाैता गर्दा संसदका दलहरूलाई थाहै नदिनुले केही शंका भने उत्पन्न भएकाे उनकाे भनाइ थियाे ।

