ताजा खबर
सबै कार्यक्रम स्थगित गरेर प्र.म. हावाहुरी प्रभावित जिल्ला जाने
काठमाडाैंः प्रधानमन्त्री केपी शर्मा ओली साेमबारका सबै कार्यक्रम स्थगित गरेर हावाहुरी प्रभावित जिल्ला जाने भएका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन झापामा रहेका प्रधानमन्त्री ओली सोमबारका लागि निर्धारित कार्यक्रम स्थगित गरी बारा जान लागेकाे उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री ओली बिहान साढे १० बजेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत भद्रपुरबाट बारा जाने उनले बताए ।

