फिचर फाेटाे

कुमार पन्तको सक्रियतामा बाराका ५०० हावाहुरी पीडितलाई बाँडियो राहत (फोटोफिचर)

लण्डन– एनआरएन उपाध्यक्ष कुमार पन्तसहितका केही एनआरएनका नेताहरुको सक्रियता नेपालको बारा जिल्लामा आएको भीषण आँधुहुरीपछि पीडित बनेकाहरुलाई राहत वितरण गरिएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, सम्बन्धित क्षेत्रका सांसद तथा गाउँपालिकाका जनप्रतिनिधि र बाराका प्रमुख जिल्ला अधिकारीसँगको सरसल्लाह एवं सहयोगमा जिल्लाका विभिन्न ५ स्थानमा बुधबार राहत वितरण कार्य सम्पन्न गरिएको पन्तले जानकारी दिए ।
उनका अनुसार राहत सोमबारदेखि वितरण थालिएको थियो । जसअनुसार प्रभावित ५०० परिवारलाई चामल २५ किलो, आलु ५ किलो, दाल २ किलो, तेल १ लिटर , वाल्टी १ र जग १ थान वितरण गरिएको थियो ।

प्रभावित क्षेत्रमा पुगेर पन्तसहितले राहतका लागि सक्रियता देखाएको भन्दै एनआरएन बृत्तमा प्रशंशा भइरहेको छ ।

राहत वितरणमा एनआरएन नेताहरु रामेश्वर शाह र रतन झापनि खटिएका थिए ।

गत अाइतबार अाएकाे हावाहुरीका कारण बारा र पर्सामा समेत गरी २८ जनाकाे ज्यान जानुका साथै ५०० बढी घाइते भएका छन् र हजाराैं प्रभावित भएका छन् ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्