ताजा खबर

फरार प्रतिवादी लागु औषधसहित पक्राउ

सिरहा : विभिन्न डाका मुद्दामा फरार रहेको प्रतिवादीलाई प्रदेश र जिल्लाको संयुक्त प्रहरी टोलीले पक्राउ गरेका छन्। पक्राउ पर्नेमा मिर्चैया नगरपालिका १० का २२ वर्षीय रविन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी माधवराज खरेलले जानकारी गराए।

डीएसपी खरेलका अनुसार यादवलाई प्रहरीले लागुऔषध सिरहा नगरपालिका १७ स्थित माडरबाट पक्राउ गरेको हो। यादवको साथबाट नाइट्रोभेट २४५ टयाबलेट, नाइट्रोसम ८० टयाबलेट, एसपीएस पाल्कन १६ टयाबलेट, प्याभुन स्पास प्लस ३२ टयाबलेट लागुऔषध र एक थान चाक्कु बरामद गरेको छ।

केही महिना अगाडि मिर्चैया–कल्याणपुर सडकखण्डमा भएको लुटपाटमा यादव संग्लन रहेको प्रहरीले जनाएको छ। फरार रहेका यादव फोनबाट विभिन्न व्यक्तिलाई ज्यान मार्ने धम्की दिने गरेको खुल्न आएको डीएसपी खरेलले बताए। उनका अनुसार यादवबारेमा जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।
अन्नपूर्ण पोष्ट

About the author
nepalbritain news

nepalbritain news