काठमाडौं–नेकपाले प्रदेश २ मा पनि नयाँ सत्ता समीकरणको प्रयास थालेको छ । ६ वटा प्रदेशका सरकार नेकपाकै नेतृत्वमा बनेपनि प्रदेश २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) गठबन्धनको सरकार छ ।
सरकारमा नगएपनि नेकपाले सरकारलाई समर्थन दिँदै आएको थियो । राजपाले केही समयअघि संघीय सरकारबाट समर्थन फिर्ता लिएको घोषणा गरेपछि फोरमसँग मिलेर नयाँ समीकरण बनाउने कसरतमा नेकपाका नेताहरु लागेको खबर आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।