ताजा खबर

शिक्षाक्षेत्रमा राजनीतिक हस्तक्षेप अन्त्य गर : नेता प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदिप पौडेलले शिक्षा क्षेत्र राजनीतिक दलको हस्तक्षेप मुक्त हुनुपर्ने बताएका छन्।

पछिल्लो समय त्रिभुवन विश्वविद्यालय देखि सम्पूर्ण शिक्षा क्षेत्र नै राजनीतिक कार्यकर्ताको भर्ती केन्द्र बनेको भन्दै शिक्षा क्षेत्र सुधारका लागि आफ्नो मान्छे नभई राम्रो मान्छेलाई खूल्ला प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्नुपर्ने बताए।

नेपाल विद्यार्थी संघ लमजुङ कृषि क्याम्पसको विद्यार्थी स्वागत, बिदाई एर्व साँस्कृतिक कार्यक्रममा बोल्दै पौडेलले भने, “अहिले नेकपाले शिक्षा र समग्र प्रशासनिक क्षेत्र नै आफ्नो कब्जामा लिएर नेकपा करण गरेको छ। खूल्ला प्रतिस्पर्धाको आधारमा भिसी छान्नुपर्छ, दलका कार्यकर्ता भएकै आधारमा उसलाई बनाउनु हुँदैन त्यो गलत हो।”

नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा भएको नेविसंघ लमजुङ कृषि क्याम्पसको कार्यक्रममा विशेष अतिथि नेपाली काग्रेस लमजुङका सभापति भेस बहादुर पौडेल, पूर्व सभापति कृष्ण कोईराला, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष श्रीकान्त घिमिरे, सचिव हरि बराल, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति बिर्ख गुरुङ, विद्यार्थी नेताहरु डील्लिराम सुबेदी, हरीहर शर्मा, शुशील भट्ट, सुबास घिमिरे लगायतले आ आफ्नो धारणा राखेका नेबि सघ लमजुङ कृषि क्याम्पस इकाई अध्यक्ष भुपी पौडेलले बताए

About the author
nepalbritain news

nepalbritain news