ताजा खबर

गर्मीले गयो एकजनाको ज्यान

धर्म गर्न जाँदा मरण राजदेवी दर्शनका लागि आएका एकजना श्रद्धालुको मृत्यु भएको छ। सिरहाको लहान नगरपालिका–१५ ढोढनास्थित राजदेवी पञ्चावती मन्दिरमा मेला भर्न आएका श्रद्धालुको अत्याधिक गर्मीका कारण मृत्यु भएको हो।

मृत्यु हुनेमा सिरहाकेा सुखीपुर नगरपालिका–२ चनरपट्टि गाउँका ४५ वर्षीय बालगोपाल यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधवराज खरेलले जनाए । खरेलका अनुसार मृत्यक यादव भिडभाड र गर्मीका कारण मुलगेटमै बेहोस भएको थियो।

तत्कालै मेला समितिले प्राथमिक उपचार पछि थपउपचारकेा लागि लहान लागर्दैगर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी सिरहालेजनाएकोहो।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्