ताजा खबर
त्रिशूलीमा बस खस्दा ५ जनाको मृत्यु, दुई दर्जन घाइते
धादिङ — धादिङमा आइतबार बिहान बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । दुई दर्जनबढी घाइते भएका छन् ।
मृत्यु हुनेमा एक महिला र ४ जना पुरुष रहेपनि उनीहरुको सनाखत हुन सकेको छैन ।
काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४३८७ नम्बरको बस धादिङको गजुरी ६ बन्छेटारस्थित त्रिशूली नदीमा खसेको थियो ।
घाइते मध्ये १४ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। अन्यकोस्थानीय गजुरी, आदमघाट, मलेखु लगायतका अस्पतालहरुमा उपचार जनाइएको छ ।

