मुख्य समाचार

महाभियोग प्रस्तावका समर्थक सांसदको भनाइ

काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावका समर्थक भानुभक्त ढकालले संसद्लाई अवहेलना तथा समानान्तर सरकार सञ्चालनको दुष्प्रयास गरेकाले कार्की विरुद्ध महाभियोग प्रस्ताव सदनमा प्रस्तुत गर्नुपरेको स्पष्ट पार्नुभयो ।

कानुनी राज्यको अवधारणालाई खिल्ली उडाउँदै प्रमुख आयुक्त कार्कीले संविधान र कानुन आफ्नो हातमा लिएर लोकतान्त्रिक आचरण र मर्यादा विपरीत काम गरेको भन्दै उहाँले आग्रह र पूर्वाग्रहबाट प्रेरित भएर भ्रष्टाचार नियन्त्रणका नाममा सर्वत्र त्रास मच्चाएको आरोप लगाउनुभयो ।

प्रमुख आयुक्त कार्कीले संवैधानिक निकायको प्रमुखका रुपमा गर्नै नहुने काम पटक पटक गरेकाले सदनमा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलका तर्फबाट साझा प्रस्तावका रुपमा महाअभियोग प्रस्ताव प्रस्तुत गरिएको स्पष्ट पार्दै भन्नुभयो – “यो साझा प्रस्ताव हो । दलीय आँखाबाट नहेरी त्यसलाई पारित गर्नुपर्छ । यो प्रस्तावको सत्ता समीकरणसँग कुनै साइनो छैन ।

संविधान प्रदत्त अधिकार प्रयोग गर्दै ऐन, कानुन र विधिको शासनलाई कार्यान्वयन गर्न आफूहरुले प्रमुख आयुक्त कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको बताउँदै उहाँले त्यसप्रति समर्थन जनाइदिन सबैसँग आग्रह गर्नुभयो ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्