२१ आश्विन २०८३, बुधबार
Follow Us

नदीमा ट्र्याक्टर खस्दा एकको मृत्यु

nepalbritain news
१० जेष्ठ २०७६, शुक्रबार ०३:१९

सानीभेरी नदीमा ट्र्याक्टर खस्दा एक जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् । पुथा उत्तरगङ्गा गाउँपालिकाको देउखोलाबाट सदरमुकामतर्फ आउँदै गरेको रा १ त २५९२ नम्बरको ट्र्याक्टर भुमे गाउँपालिका–५ को बालुवामा बिहीबार दुर्घटना भएकाे हाे ।

मृत्यु हुनेमा सिस्ने गाउँपालिका–४ अमलाचौरका १५ वर्षीय रामचन्द्र बोहोरा रहेकाे जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जानकारी दिएको छ । ट्र्याक्टर सडकबाट करिब सय मिटर तल खसेको थियाे ।

दुर्घटनामा परी पुथा उत्तरगङ्गा गाउँपालिका–१४ का १६ वर्षीय कृष्ण रसाइली र त्रिवेणी गाउँपालिका–५ रुकुम (पश्चिम)का १७ वर्षीय लक्ष्मण वली घाइते भएका छन् । उनीहरूकाे स्वास्थ्य चौकी रुकुमकोटमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले रुकुम (पश्चिम) पठाएको प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए । ट्र्याक्टर चालक दाङका २२ वर्षीय अनन्त रावत प्रहरी नियन्त्रणमा छन् ।
टिभि अन्नपूर्ण

धेरै पढिएको