ताजा खबर

धारिलो हतियार प्रहारबाट दुई घाइते

भोजपुर : भोजपुरको पौवादुङ्मा गाउँपालिका ३, च्याङ्ग्रेमा धारिलो हतियार प्रहारबाट दुईजना घाइते भएका छन्। स्थानीय ४२ वर्षीय कुमार श्रेष्ठले २८ वर्षीया मनिकला शाक्य र १७ वर्षीया भद्रिका राईमाथि धारिलो हतियार प्रहार गरेका हुन्।

शुक्रबार साँझ घरमा बसिरहेका दुवै किशोरीमाथि श्रेष्ठले धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहारबाट घाइते मनिकला र भद्रिकाको टाउको, हातको औँला र गालामा चोट लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंशीले जानकारी दिए।

मनिकलालाई उपचारका लागि धरानको घोपा क्याम्प लगिएको छ। भद्रिकाको भने स्थानीय मेडिकलमा उपचार भइरहेको छ। मानसिक सन्तुलन ठीक नभएको भनिएका कुमार श्रेष्ठलाई इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङले पक्राउ गरेको छ। घटनाको विषयमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
अन्नपूर्ण पोष्ट

About the author
nepalbritain news

nepalbritain news