ताजा खबर

लुम्बिनीमा ‘वल्ड बुद्धिष्ट प्रर्दशनी पार्क’ निर्माण हुने

काठमाडौँ । सरकारले लुम्बिनीमा ‘वल्ड बुद्धिष्ट प्रर्दशनी पार्क’ निर्माणका लागि अध्ययन गर्ने अनुमति दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आईतबार सिंहदरबारमा बसेको लगानी बोर्डको बैठकले सो पार्क निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने प्रस्ताव स्वीकृत गरेको हो।

बुद्धको जन्मस्थल लुम्विनीमा ‘वल्ड बुद्धिष्ट प्रर्दशनी पार्क’ निर्माणका लागि स्विकृति प्रदान गरिएको बोर्डका सदस्य डा. हरिभक्त शर्माले जानकारी दिए।

बैठकले ५ सय ५० मेघावाट क्षमताको सोलार पावर विभिन्न प्रदेशमा निर्माण गर्ने प्रस्तावलाई पनि स्वीकृत गरेको छ।

बैठकमा प्रधानमन्त्री ओलीले प्रस्तावित आयोजनाहरुको कामलाई प्रभावकारी ढंगले सम्पन्न हुने गरी कार्ययोजना तय गर्न बोर्डलाई सचेत गराएका थिए।
डिसी नेपाल

About the author
nepalbritain news

nepalbritain news